मोहन्याल गाउँपालिका उपाध्यक्षसहित ३ जनाले त्यागे एमाले 

मोहन्याल गाउँपालिका उपाध्यक्षसहित ३ जनाले त्यागे एमाले 

धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजा बुढामगरले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकी छन्।

प्रदेश निर्वाचन आयोग धनगढी स्थित कार्यालयमा पुगेर उनी सहित २ जना वडा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्। 

गाउँपालिका अध्यक्ष नवलसिंह रावलको मृत्युपछि बुढा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छिन्।

‘बुधवार तीन जनाले सनाखत गरेका छन्,’निर्वाचन प्रदेश कार्यालय प्रमुख प्रेमराज भट्टले भने,‘मङ्गलवार सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए,२२ गते सम्म सनाखत गर्ने समय छ,त्यसपछि हामी विवरण तयार गरी केन्द्रीय कार्यालयमा पठाउँछौँ।’

निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ।

भदौ १६, २०७८ बुधबार २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।