लुम्बिनी प्रदेश सांसद घर्ती एकीकृत समाजवादीमा 

लुम्बिनी प्रदेश सांसद घर्ती एकीकृत समाजवादीमा 

बुटवल : लुम्बिनी प्रदेशसभाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्।

नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्। 

घर्तीले आयोगका प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईको रोहबरमा हस्ताक्षर सनाखत गरेकी छन्। भट्टराईले एक जना सांसदले समाजवादी रोजेको बताए।

उनका अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक गरिनेछ। घर्तीले समाजवादी रोजेसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ।

८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए। घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ।

भदौ १५, २०७८ मंगलबार १९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।