सुदूरपश्चिमका १० सांसदले गरे एकीकृत समाजवादीमा सनाखत

सनाखत गर्नेहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व मन्त्री माया भट्ट, राज्यमन्त्री हरि चुनकुमारी चौधरी र मनाकुमारी साउद लगायतका छन्।
१० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिम प्रमुख प्रेमराज भट्टले जानकारी दिए। ‘२२ गते सम्म सनाखत गर्ने समय हो,आज १० जना सांसदले सनाखत गर्नुभयो,’उनले भने,‘विवरण तयार गरेर निर्वाचन आयोगको कार्यालयमा पठाउँछौँ।’
भदौ १५, २०७८ मंगलबार १७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।