भारतीय फुटबल कप्तान सुनिल क्षेत्री टिमसहित काठमाडौँमा

भारतीय फुटबल कप्तान सुनिल क्षेत्री टिमसहित काठमाडौँमा
तस्बिर : खेलाडीडटकम

भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेलका लागि सुनिल क्षेत्रीको कप्तानीमा शुक्रवार २५ सदस्यीय टिम घोषणा गरेका थिए। क्षेत्री सहितका खेलाडी सोमबारै काठमाडौँ आएका हुन्।

दशरथ रङ्गशालामा भदौ १७ गते पहिलो खेल हुनेछ। दोस्रो खेल २० गते हुनेछ। मालदिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि  नेपाल र भारतले टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

साफ च्याम्पियनसिपका लागि दुई महिना अघि देखि बन्द प्रशिक्षणमा रहेको नेपाली टोली पोखरामा १५ दिनको विशेष प्रशिक्षण सकेर आइतबार काठमाडौँ फर्किएको थियो ।

मालदिभ्सको राजधानी मालेमा आगामी असोज १५ देखि ३० गतेसम्म दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको ११औँ संस्करण हुँदै छ। दक्षिण एसियाली फुटबलको सबभन्दा ठुलो यो प्रतियोगितामा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन। 

२५ सदस्यीय भारतीय टोली

गोलकिपर – अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु

रक्षक – प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज

मिडफिल्ड– लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर

फरवार्ड – मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी

भदौ १४, २०७८ सोमबार २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।