एकतर्फी खुल्यो बुटवल–तानसेन सडक खण्ड

एकतर्फी खुल्यो बुटवल–तानसेन सडक खण्ड

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाको तानसेन नगरपालिका ८ डुम्रेमा खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो। 

शनिवार राती देखि परेको वर्षाका कारण सो सडक खण्डको एक दर्जन भन्दा बढी स्थानमा पहिरो गएको थियो। डुम्रेको पहिरो ठुलो भएकाले हिजोदेखि खुलाउने प्रयास गरिए पनि दिउसो ४ बजे देखि मात्र एकतर्फी सडक खुलेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली नारायण पाण्डेले जानकारी दिए।

 

भदौ १४, २०७८ सोमबार २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।