भर्चुअल माध्यमबाट व्यापार मेला गर्दै महिला उद्यमी महासङ्घ

भदौ १७ गतेदेखि २१ गतेसम्म ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने नाराका साथ पाँचौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागिएको महासङ्घले जनाएको छ।
महिला उद्यमी महासङ्घ नेपालले भर्चुअल माध्यमबाट आयोजना गर्न लागको मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ। नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्धन गर्ने मेलाको उद्देश्य रहेको महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार मेलामा हस्तकलाका सामानहरू, स्वदेश तथा विदेशका प्राकृतिक रेसाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरू, हाते कागजका वस्तुहरू, काष्ठजन्य वस्तुहरू, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवा प्रदायक संस्थाहरूका स्टल हुनेछन्।
मेलामा जम्मा ७९ स्टलहरू रहने र ती मध्ये ५७ महिला उद्यमीहरूका स्टल र २२ जिल्ला महिला उद्यमी सङ्घहरूलाई प्रतिनिधित्व गर्ने स्टल रहनेछन्।
भदौ १४, २०७८ सोमबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।