पहिरोले बुटवलका सात घर पुरिए

बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ७ घर पुरिएको प्रहरीले जनाएको छ।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
वर्षासँगै निरन्तर पहिरो बगिरहे पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
भदौ १४, २०७८ सोमबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।