दार्चुलामा पहिरो  एक जनाको मृत्यु, दुई जना बेपत्ता

दार्चुलामा पहिरो  एक जनाको मृत्यु, दुई जना बेपत्ता

दार्चुलाको दुहूँ गाउँपालिकामा आइतबार आएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको छ। अन्य दुई जना बेपत्ता भएका छन्।

 दुहूँ गाउँपालिका वडा नम्बर १ बस्पालीका नरसिंह महराको घर भित्रै पहिरोले पुरिँदा ज्यान गएको हो।  उनकी श्रीमती कौसी देवी महरा भने अझै बेपत्ता छिन्। घर पहिरोले पुरिएपछि महरा दम्पती बेपत्ता भएका थिए। 

नरसिंहको शव फेला परेको आफन्त आनसिंह महराले बताए। बेपत्ता महराको खोजी भइरहेको छ।

यस्तै पहिरोले घर पुरिँदा दुहूँ गाउँपालिका वडा नम्बर ५ दुल्ला बस्ने मनुवा डडाल पनि बेपत्ता भएका छन्। उनकी श्रीमती उजेली डडाल र छिमेकी जनक राम पार्की घाइते छन्।

दुहूँ गाउँपालिकामा बाढी पहिरोले तीन ओटा घरमा पूर्ण क्षति गरेको छ । 

भदौ १४, २०७८ सोमबार १०:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।