टोटनहम प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी : इङ्लिस प्रिमियर लिगमा टोटनहमले आइतबार राति वाट्फोर्डमाथि १-० को नतिजा निकालेको छ।
टोटनहम हटस्पर रङ्गशालामा भएको खेलमा ह्युङ मिन सनले पहिलो हाफमा गरेको गोल नै निर्णायक भयो। सनले खेलको ४२औँ मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए।
टोटनहम ९ अङ्कसहित प्रिमियर लिग अङ्कतालिकाको शीर्ष स्थानमा छ ।
आइतबारै भएको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले १-१ को बराबरी खेल्दै अङ्क बाडेका छन् । घरेलु मैदानमा बर्नलीले सुरुमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अङ्क बाँडेको थियो ।
भदौ १३, २०७८ आइतबार २२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।