शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएर नेप्से परिसूचक ४८ दशमलव ८४ अङ्कले घटेको छ।
कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अङ्कले बढेको नेप्से परिसूचक केही बेर पछि भने घट्न सुरु गरेको थियो। त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अङ्कले घटेर बन्द भएको छ।
आइतबार फाइनान्स बाहेकका समूहगत सबै इन्डेक्सहरू घटेका छन्।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ। १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।
बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन्। सबैभन्दा धेरै कमाउने शीर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैङ्क देखिएको छ। यो बैङ्कको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट नै लागेको छ।
भदौ १३, २०७८ आइतबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।