प्रदेश २ सरकारका दुई मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ सरकारका दुई मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव र शैलेन्द्र शाहको जिम्मेवारी हेरफेर गरिएको हो।
यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यसअघि उनी आर्थिक मामिला तथा योजना मन्त्री थिए। आर्थिक मामिला तथा योजना मन्त्रीमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शाहलाई तोकिएको छ। 

 दुबैले हेरफेर गरिएका मन्त्रालय सोमबारदेखि सम्हाल्ने एक मन्त्रीले बताए।

 

भदौ १३, २०७८ आइतबार १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।