प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबार आचार्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि आचार्य नेकपा एमाले संसदीय दलको नेता चयन भएका थिए।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजै राजीनामा दिएपछि आचार्य संसदीय दलको नेता र मुख्यमन्त्री चयन भएका हुन्।
संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो।
आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ।
भदौ १०, २०७८ बिहीबार १२:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।