प्रदेश १ : एमाले संसदीय दलको नेतामा आचार्य, मुख्यमन्त्री राईले दिए राजीनामा

एमाले संसदीय दलको बिहीबार बिहान बसेको बैठकले आचार्यलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।
आचार्य दलको नेता चयन भएसँगै राईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। राईकै समर्थनमा दलको नेता भएका आचार्य प्रदेश १ का दोस्रो मुख्यमन्त्री हुने भएका छन्। यसअघि संसदीय दलमा राईसँगै दुई मतले पराजित आचार्यको मुख्यमन्त्री बन्ने सपना पुरा भएको छ। आचार्यले बिहीबार दिउसो ३ बजे २ जना मन्त्री सहित शपथ लिने कार्यक्रम रहेको छ।
नेकपा एमाले विभाजन पछि बनेको नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गरिरहेका राजेन्द्र राई लगायत केही सांसदको अनुपस्थितिका बिच आचार्य दलको नेता चयन भएका हुन्।
भदौ १०, २०७८ बिहीबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।