केएल टावरमा भ्याली एक्सप्रेसको छैठौँ शाखा 

केएल टावरमा भ्याली एक्सप्रेसको छैठौँ शाखा 

काठमाडौं : काठमाडौको चावहिलमा रहेको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौं शाखा खुलेको छ। 

स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट ‘टेक अवे’ र ‘होम डेलिभरी’ को सेवा सुरु भएको हो। भ्याली एक्सप्रेसमा अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किई सन्तुष्ट बनाउने लक्ष्य राखेको भ्याली ग्रुपका प्रबन्ध निर्देशक बाबुराजा रावलले जानकारी दिए। 

नेपालमा उत्पादन बढाई रोजगारको अवसर निर्माण गर्ने र सुपथ मूल्यमा स्वास्थ्यकर मासु जन्य सामाग्री उत्पादन गर्ने लक्ष्यका साथ र सहयोगको अपेक्षा गरेको रावलले बताए। सुपथ मूल्यमा गुणस्तरीय मासु जन्य व्यापारको उद्देश्यले २०४१ मा स्थापित भ्याली कोल्ड स्टोर प्रा लिई (भ्याली ग्रुप) ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गरेको थियो। प्रारम्भमा मासुजन्य व्यापारको उद्देश्यले स्थापना भएको प्रालिले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योग समेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रूपमा सञ्चालन गरिरहेको छ।

 भ्याली ग्रुपमा अहिले मासु जन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरू, आधुनिक वधशाला र फास्ट फुड चेनहरू सञ्चालनमा छन्। उपभोक्तालाई सुपथ मूल्यमा स्वस्थ मासु उपलब्ध गराउँदै आएको भ्याली ग्रुप अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्दै सहरी उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय, स्वास्थ्यकर र स्वादिलो तयारी खाना उपलब्ध गराउन भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेस्टुरेन्टको क्षेत्रमा ६ वर्ष अघि प्रवेश गरेको थियो। 

चितवनमा परीक्षणका रूपमा ६ वर्ष अगाडि सुरु भएको भ्याली एक्सप्रेसप्रति उपभोक्ताहरूको उत्साहजनक प्रतिक्रिया पाएपछि काठमाडौं उपत्यकामा प्रवेश गरेको रावलले बताए। ग्रुपले बालाजु नयाँबजारमा आफ्नै परिसरमा दोस्रो शाखाको स्थापना गरी बजारीकरण सुरु गरेको थियो।

भदौ ९, २०७८ बुधबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।