पदीय मर्यादा विपरीत कुनै काम गरेको छैन : साउद

पदीय मर्यादा विपरीत कुनै काम गरेको छैन : साउद

उनले आज नेप्सेको कार्यालयमा पत्रकार सम्मेलन गरेर आफूले राजीनामा दिएको बताएका छन्।

‘मैले नेप्सेको प्रमुख कार्यकारीको हैसियतमा पदीय मर्यादा विपरीत कुनै काम गरेको छैन’ उनले भने, ‘अनुसन्धान कार्यमा सहयोग पुर्याउन आजैका मिति देखि लागु हुने गरी राजीनामा दिएको छु।’

साउदले आज अर्थ मन्त्रालयमा राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरेर सरकारद्वारा गठित  छानबिन समिति सघाउन पदबाट राजीनामा दिएको बताए। उनी सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा मुछिएका थिए।

आफ्नो कार्यकालमा धेरै सुधारको काम गरेको साउदले दाबी गरे। ‘दैनिक एक डेढ अर्बको कारोबार हुने पुँजी बजार आफूहरूले ल्याएको अनलाइन प्रणालीको कारण भएको हो’ उनले भने, ‘अनलाइन प्रणालीको विकासको कारण गाउँगाउँका  मानिसले सेयर बजारमा पहुँच बढाएका छन्।’

नेपालमा बस्ने लगानीकर्ताले मात्र नभएर विदेशमा बस्ने लगानीकर्ताले समेत अनलाइन प्रणाली मार्फत लगानी गर्ने वातावरण बनेको उनले बताए।

यता सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा इन्साइडर ट्रेडिङ भएको भन्दै छानबिन गर्न अर्थ समितिले साउद सँगै नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरी छानबिन सरकारलाई निर्देशन समेत दिएको थियो।

भदौ ८, २०७८ मंगलबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।