नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले बुझाए राजीनामा

२ महिना कार्यकाल बाँकी हुँदै आफूले अर्थ मन्त्रालयमा गएर राजीनामा बुझाएको साउदले बताए।
बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा किनेपछि साउद विवादमा तानिएका थिए।
अर्थ मन्त्रालयले साउद र धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई यस विषयमा स्पष्टीकरण सोधेको थियो। संसदीय समितिले साउद र ढुङ्गानालाई कारबाही गर्न अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिएको थियो।
सर्वोत्तम सिमेन्टको सेयर विवादलाई छानबिन गर्न सजिलो होस भनेर आफूले राजीनामा दिएको साउदले बताए। ‘मिडियामा आएकै विषयमा छानबिन गर्न सजिलो होस् भनेर राजीनामा दिएको हुँ,’साउदले उकेरासँग भने,‘बजार ऐन नियम अनुसार छानविन हुन्छ भन्ने विश्वास छ।’
नेप्सेका कार्यकारी अधिकृत साउदले राजीनामा दिए पनि छोरीको नाममा सेयर किनाउने धितोपत्रका अध्यक्ष ढुङ्गाना भने पदमै बहाल छन्।
भदौ ८, २०७८ मंगलबार १७:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।