५३ करोड बेरुजु बढ्यो

५३ करोड बेरुजु बढ्यो

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ४ अर्ब ३८ करोड रुपैयाँ बेरुजु थप भएको छ।

शुक्रवार महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको हो। यो पटक सङ्घ, प्रदेश, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्था समेतको गरी ५३ खर्ब २७ अर्ब ९१ करोड रुपैयाँको लेखा परीक्षण भएको छ।

प्रतिवेदन अनुसार सङ्घीय तथा प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, अन्य समिति र संस्थातर्फको बेरुजुका अतिरिक्त राजस्व बक्यौता २ खर्ब १५ अर्ब ५६ करोड, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान ९ अर्ब एक करोड तथा ऋण १२ अर्ब ७३ करोड रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार सरकार जमानत बसेर दिएको ऋणको भाखा नाघेको साँवा ब्याज २ अर्ब पाँच करोड, लेखा परीक्षण बक्यौता १८ अर्ब १८ करोड समेत गरी २ खर्व ५७ अर्ब ५६ करोड समयमा नै कारबाही गरी टुङ्गो लगाउनुपर्ने उल्लेख छ।

भदौ ४, २०७८ शुक्रबार १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।