सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो 

सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढ्यो 

काठमाडौँ : सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ।

बिहीबारको तुलनामा तोलामा ४ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार २ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै तेजाबी सुनको भाउ ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी तोलाको ११९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

भदौ ४, २०७८ शुक्रबार १२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।