नेप्से दोहोरो अङ्कले वृद्धि हुँदा २१ खर्ब बढी कारोबार

नेप्से बढ्दा ३६ करोड ५० लाख ९ हजार ७५१ कित्ता सेयर खरिद बिक्रीमा २१ खर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँ बराबरको कारोबार भएको हो।
स्टक एक्सचेन्जका अनुसार २२८ वटा कम्पनीको सेयर १ लाख ८८ हजार ४५४ पटक कारोबार भएको छ।
१३ वटा सब–इन्डेक्स मध्ये व्यापार र म्युचुअल फन्ड बाहेकका ११ वटै सब–इन्डेक्स सकारात्मक देखिएको छ। बुधवार विकास बैङ्क ५ दशमलव ५५ प्रतिशत, फाइनान्स ४ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ भने ट्रेडिङ ० दशमलव ४ प्रतिशत र म्युचुअल फन्ड १ दशमलव ३९ प्रतिशतले गिरावट आएको छ।
सेयरमा सकारात्मक सर्किट लागेका आधा दर्जन कम्पनीमा शिवम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अरुण काबेली पावर, आँखुखोला जलविद्युत् कम्पनी र महालक्ष्मी विकास बैङ्क छन्।
सबै भन्दा धेरै कारोबार हुने कम्पनीमा नेशनल हाइड्रो पावर रहेको छ। उक्त कम्पनीको ६८ करोड ८६ लाख भन्दा बढी रकमको सेयर कारोबार भएको छ। यस दिन शिवम सिमेन्टका लगानी कर्ताले सबै भन्दा धेरै कमाएका छन्।
भदौ २, २०७८ बुधबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।