एलआइसीले २५ करोड बिमा दाबी भुक्तानी गर्न बाँकी

काठमाडौँ : लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म चुक्ता पुँजी २ अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको जनाएको छ।
उक्त कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १२.७५ रुपैयाँ छ। कम्पनीले जगेडा कोषमा ६४ करोड ८७ लाख सञ्चित रहेको जनाएको छ। कम्पनीको जीवन बिमा कोषमा ८१ अर्ब ६ करोड ९९ लाख रुपैयाँ सञ्चित छ।
एलआइसीले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा १७ अर्ब ४ करोड ९० लाख रुपैयाँ खुद बिमा शुल्क सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ खुद बिमा शुल्क सङ्कलन गरेको थियो।
अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा कम्पनीले १७ अर्ब १४ करोड ३६ लाख रुपैयाँ कुल बिमा शुल्क सङ्कलन गरेको छ।
कम्पनीले १८ हजार ९८० वटा दाबी बापत ७ अर्ब ४९ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ। २५ करोड ७२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ६ अर्ब २० करोड ९४ लाख रुपैयाँ, पुर्नबिमा कमिसन बापत १ करोड ४० लाख रुपैयाँ र बिमा लेख धितोमा कर्जा लगानी गरी १ अर्ब ४३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ।
भदौ १, २०७८ मंगलबार १०:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।