सेयर कारोबार अहिलेसम्मकै उच्च

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले घटेको छ।
आइतबार सेयर बजार २४.८८ अंकले ओरालो लागेको हो। साताको पहिलो कारोबार दिन सेयर बजारमा अहिलेसम्म कै धेरै २१ अर्ब ६४ करोड ७६ को सेयर खरिद बिक्री भएको छ।
२ सय २२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ रुपैयाँमा किनबेच भएको स्टक एक्सचेन्जले जनाएको छ।
१३ मध्ये ३ वटा उपसमुह हरियो देखिएका छन्। १० वटा उपसमुहको सेयर मुल्य घटेको छ।
सेयर लगानीकर्ताका अनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा तोकेपछि त्यसको प्रभाव सेयर बजारमा परेको हो।
युनियन लाइफ इन्स्योरेन्स, खानी खोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
साउन ३१, २०७८ आइतबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।