व्यवसाय धितो राखेर २० लाखसम्म विपन्न कर्जा पाइने

व्यवसाय धितो राखेर २० लाखसम्म विपन्न कर्जा पाइने

काठमाडौंः महिला उद्यमीले सञ्चालन गरेको लघु उद्यम तथा स्वरोजगारमुलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। यस्तो कर्जाको अनिवार्य रुपमा बिमा गर्नु पर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ। 

‘वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था मिलाइएको छ। यस्तो कर्जाको अनिवार्य रुपमा बिमा गर्नु पर्ने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिमा उल्लेख छ। 

‘कोरोनाको कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वेरोजगार हुने गरी व्यावसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा दिन सकिने मौद्रिक नीतिमा उल्लेख छ।

‘ऋणी स्वयम स्वरोजगारी हुनेगरी सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जाको रुपमा गर्नसक्ने व्यावस्था मिलाइएको छ,’ मौद्रिक नीतिमा भनिएको छ।

साउन २९, २०७८ शुक्रबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।