मौद्रिक नीतिः पर्यटन व्यवसायीलाई ब्याजमा हर्जना नलाग्ने

मौद्रिक नीतिः पर्यटन व्यवसायीलाई ब्याजमा हर्जना नलाग्ने

काठमाडौं : कोरोना भाइरसको महामारीबाट पर्यटन व्यावसाय, ट्राभल एजेन्सी, होटल व्यावसाय, हवाई सेवा अति प्रभावितको सूचीमा परेका छन्। अति प्रभावितको अतिप्रभावितको सूचिमा यी व्यवसायका सञ्चालकको ऋणलाई राष्ट्र बैंकले ब्याजमा हर्जना नलाग्ने जनाएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो। 

कोभिडका कारण अतिप्रभावित क्षेत्रमध्येका होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवामा बाह्य पर्यटकमा निर्भर हुने व्यवसायी ऋणीको हकमा अन्तर्राष्ट्रिय पर्यटक आउने सहज अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने व्यवस्था गरिने मौद्रिक नीतिमा जनाइएको छ। 

उक्त क्षेत्रमा लगानी गर्न लिएको ऋणको ब्याजमा थप हर्जना नलाग्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ।

रेष्टुराँ, पार्टी प्यालेस, यातायात शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको भुक्तानी १ वर्ष थप गरी कम्तीमा ४ किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ।

‘कोरोनाको कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वेरोजगार हुने गरी व्यावसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गर्न सकिन्छ,’ मौद्रिक नीतिमा भनिएको छ, ‘ऋणी स्वयं स्वरोजगारी हुनेगरी सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जाको रुपमा गर्न सक्ने व्यावस्था मिलाइएको छ।’

साउन २९, २०७८ शुक्रबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।