मौद्रिक नीति सार्वजनिक : तरलता संकट र ब्याजदर बढ्न सक्ने

मौद्रिक नीति सार्वजनिक : तरलता संकट र ब्याजदर बढ्न सक्ने

काठमाडौंः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

मौद्रिक नीति शुक्रबार अपराह्न सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुनरुत्थानसँगै कर्जाको माग बढ्ने र तरलतामा चाप पर्नसक्ने दावी गरेका छन्।

उनले यस आर्थिक वर्षमा कोरोना महामारी न्यूनीकरणको लागि खोपको सुविधा पाउने भएका कारण उद्योग र सेवा क्षेत्रमा सुधार आउने अपेक्षा राखेको अधिकारीले बताएका छन्। उनले यी क्षेत्रमा सुधार आउदा आर्थिक वृद्धिमा समेत सुधार हुने जनाएका हुन्। 

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको, नेपाली मुद्राको परिवर्तित विदेशी मुद्राको विनिमय दरमा उतारचढाव आइरहेकोले मूल्यमा केही चाप पर्ने समेत बताएका छन्।

‘आर्थिक पुनरुत्थानसँगै कर्जाको माग बढ्ने देखिन्छ,’ उनले थपे, ‘सो अनुसार निक्षेप संकलन हुन नसकेमा तरलतामा दबाब सिर्जना भई कर्जाको व्याजदरमा चाप पर्न सक्ने देखिन्छ।’

कोभिडबाट थिलथिलो बनेको अर्थतन्त्रको पुनरुत्थानमा ध्यान दिनुपर्दा कर्जाको माग बढ्ने र यसले तरलतामा दबाब सिर्जना गर्ने उनले दावी गरे।

साउन २९, २०७८ शुक्रबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।