नेप्से परिसूचक अहिलेसम्मकै उच्च

नेप्से परिसूचक अहिलेसम्मकै उच्च

सेयर बजार नेप्से ५१.८६ अङ्कले बढेर परिसूचक ३ हजार १६१.४४ बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको छ। 

३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ८४ लाख ६१ हजार ४७ हजार २७९ रुपैयाँको कारोबार भएको छ।

कारोबारमा आएका उपसमूह मध्ये व्यापार, होटेल, पर्यटन र जलविद्युतको सेयर मूल्य घटेको छ।

सबै भन्दा धेरै विकास बैङ्कको सेयर मूल्य ८.०७ प्रतिशतले बढेको छ। व्यापार उपसमूहको मूल्य १.६६ प्रतिशतले घटेको छ।  

साउन २६, २०७८ मंगलबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।