सेयर बजार सामान्य वृद्धि

सेयर बजार सामान्य वृद्धि

काठमाडौंः साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य वृद्धि भएको छ। आज नेप्से १.५४ अंकले बढेर ३१०९.६६ बिन्दुमा पुगेको छ।

२२४ वटा कम्पनीको सेयर १ लाख २८ हजार ९५० पटक कारोबार हँुदा आज दुई करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता सेयर किनबेच भएको छ भने १४ अर्ब १३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ।

कारोबार भएकामध्ये ८ वटा उप–समूहको परिसूचक घटेको छ। हाइड्रोपावर र फाइनान्स कम्पनीको परिसूचक ३ दशमलव ३५ प्रतिशतले बढेको छ भने व्यापार, होटल तथा पर्यटन, विकास बैंकको परिसूचकमा १ प्रतिशतभन्दा धेरैले कमी आएको छ।

६ वटा कम्पनीको मूल्यमा सर्किट लाग्दा ४ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ।

सबैभन्दा धेरै युनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने अन्य ६ वटा कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशतले कमाएका छन्।

आइसिएफसी, हिमालयन पावर पाटनर, कर्पोरेट डेभलपमेन्ट र जीवन विकास लघु वित्त र युनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

साउन २५, २०७८ सोमबार १७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।