जर्सी नम्बर ७७ पारसलाई नै उपहार

क्यान अध्यक्ष चतुर बहादुर चन्दका अनुसार खड्काले नेपालको क्रिकेटमा पुर्याएको योगदानको कदर गर्दै क्यानले यस्तो निर्णय गरेको हो।
खड्काले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। खड्काको कप्तानीमा नेपालले सन् २०१४ मा टी–२० विश्वकप क्रिकेट प्रतियोगिता जितेको थियो भने उनकै कप्तानीमा आसीसी विश्व क्रिकेट लिग डिभिजन–५ देखि एक दिवसीयसम्म उक्लिएको थियो।
खड्काले नेपालका लागि १० एक दिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले आफ्नो खेल जीवनमा एक दिवसीय प्रतियोगितामा ३ सय १५ रन बनाएका थिए । टी–२० मा ७ सय ९९ रन बनाएका थिए।
उनले एक दिवसीय खेलमा नौ विकेट लिएका थिए भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए। उनले सन्यासको घोषणापछि क्रिकेट व्यवस्थापक रूपमा काम गर्न इच्छुक रहेको बताउँदै आएका छन्।
साउन २४, २०७८ आइतबार २१:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।