लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्धको रिट दर्ता भएन

काठमाडौँ : लुम्बिनी प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशन आह्वानविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।
सर्वोच्चले सम्बन्धित पक्ष रिट लिएर नआएको कारण हक दैया समेतको अभाव देखिएको भन्दै रिट दरपिठ गरिदिएको हो। अधिवक्ता प्रवेश केसी सर्वोच्च अदालतमा रिट लिएर गएका थिए। शुक्रवार थप अध्ययन गर्नुपर्ने भन्दै रिट दर्ता भएको थिएन। आइतबार दर्ता गर्न नमिल्ने भन्दै अदालतले फर्काइदिएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रतिपक्षी सांसदहरूले दिएको विशेष अधिवेशनको समावेदनको आधारमा साउन २७ का लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिसकेका छन्।
साउन २४, २०७८ आइतबार २१:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।