भारत र इंग्ल्यान्डबीचकाे टेस्ट शृंखला सुरु, टस जितेर ब्याटिङ गर्दै इंग्ल्यान्ड

शृंखलाअन्तर्गतको पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले टस जितेर ब्याटिङ गरिरहेको छ। खेलको पहिलो दिनको ९ ओभर सकिँदा इंग्ल्यान्डले १ विकेट गुमाएर २० रन जोडेको छ।
ज्याक क्राउली १५ र डोम सिब्ले ५ रनमा खेलिरहेका छन्। त्यसअघि रोरी ब्रुन्र्स ० रनमै पेवेलियन फर्किका थिए। उनलाई जसप्रित बुमराहले एलबिडब्लु आउट गरेका थिए।
जारी खेलमा बुमराहले ५ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिएका छन्। यस्तै मोहम्मद सामीले ४ ओभरमा १ मेडन राख्दै ६ रन मात्रै दिएका छन्।
पहिलो टेस्ट ८ अगस्टमा सकिने छ।
क्रिकइन्फाेडटकम।
साउन २०, २०७८ बुधबार १६:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।