टोकियो ओलम्पिक : पुरुष फुटबलको फाइनलमा स्पेन र ब्राजिल भिड्ने

काठमाडौं : टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलको फाइनलमा स्पेन र ब्राजिल प्रतिष्पर्धा गर्ने भएका छन्।
आज (मंगलबार) सम्पन्न सेमिफाइनलबाट पुरुष फुटबलमा अन्तिम दुई टोलीको टुंगो लागेको हो। यी दुवै टाेली आगामी शनिबार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन्।
आज भएकाे पहिलो सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्याे।
दोस्रो सेमिफाइनलमा भने स्पेनले जापानलाई १–० ले स्तब्य बनायो। स्पेनलाई जित दिलाउन एसेन्सियोले खेलको अतिरिक्त समयमा गरेको गोल निर्णायक बन्यो। एसेन्सियोले खेलको ११५ औं मिनेटमा गोल गरेका थिए।
साउन १९, २०७८ मंगलबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।