पूर्वकप्तान पारस खड्का : अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा

उनले सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका हुन्।
उनले सन् २००२ मा १५ वर्ष हुँदा सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, परिवार र साथीहरू प्रति ऋणी रहने उल्लेख गरेका छन्।
उनले इमानदारिताका साथ काम गर्ने हो भने नेपाली क्रिकेटलाई एउटा नयाँ उचाइमा पुर्याउँछौ भनेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुङ्गिएको तर नेपाली क्रिकेटको सपना भने अझै पनि बामे सर्दै रहेको उल्लेख गरेका छन्।
साउन १९, २०७८ मंगलबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।