नेपाली बजारमा नयाँ फोर्ड फिगो

काठमाडौँ : ६ स्पिड अटोमेटिक गियर बक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनसहितको नयाँ फिगो फोर्ड नेपालमा आएको छ।
टाइटेनियम र टाइटेनियमप्लस मोडलको फिगोको मूल्य ३३ लाख ९९ हजार र ३६ लाख ९९ हजार छ। नयाँ अटोमेटिक फिगो ६ स्पिड टर्क र अटोमेटिक ट्रान्समिसनसँग जोडिएको कम्पनीले जानकारी दिएको छ।
फोर्ड नेपालले फिगो श्रृखलाका फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियमप्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।
फोर्ड फिगो टाइटेनियमको ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ। नयाँ भेरियन्ट ६ स्पिड, टर्क संपरिवर्तक सहितको अटोमेटिक ट्रान्समिसनको ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण रहेको कम्पनीको दाबी छ।
‘फोर्ड बहु बजारमा स्वचालित टेक्नोलोजी पेस गर्नमा गर्व गर्ने भारतका लागि फोर्डको विक्री तथा सेवा बजार प्रबन्धक विनय रैनाले बताएको कम्पनीद्वारा जारी प्रेस सामाग्रीमा उल्लेख गरिएको छ।
भर्खरै सार्वजनिक फिगो आइटी श्रृखलाका २०२१ मा फोर्डले बेजोड सुरक्षा, कनेक्टिभिटी र सुविधालाई मुख्य प्राथमिकतामा राखेर निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ।
साउन १७, २०७८ आइतबार १९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।