टोकियो ओलम्पिक : भारतकी ब्याटमिन्टन खेलाडी पिभी सिन्धुले जितिन् कास्य 

टोकियो ओलम्पिक : भारतकी ब्याटमिन्टन खेलाडी पिभी सिन्धुले जितिन् कास्य 
फाइल तस्बिर।

काठमाडौं : ३२ औं संस्करणको ओलम्पिकमा भारतकी ब्याटमिन्टन खेलाडी पिभी सिन्धुले कास्य पदक जितेकी छन्।

जापानको राजधानी टोकियोमा आज (आइतबार) सम्पन्न ब्याटमिन्टन महिला एकलतर्फको स्पर्धामा सिन्धुले चीनकी ही बिंग जिआयोलाई २–० को सोझो सेटमा पराजित गर्दै कास्य पदक जितेकी हुन्। 

पहिलो सेट २१–१३ ले आफ्नो पक्षमा पारेकी सिन्धुले दोस्रो सेट २१–१५ ले जितिन्।

सिन्धुले पहिलो सेटको तुलनामा दोस्रो सेट आफ्नो पक्षमा पार्न बढी समय खर्चिइन्। पहिलो सेट जित्न २३ मिनेट खर्चिएकी सिन्धुले दोस्रो सेट आफ्नो पक्षमा पार्न २९ मिनेट लगाइन्।

यसअघि सिन्धु सेमिफाइनलमा चाइनिज ताइपेईकी ताई तुजु यिङसँग पराजित भएकी थिइन्।

साउन १७, २०७८ आइतबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।