सांसदको तलब भत्ता अब वाणिज्य बैङ्कबाट

काठमाडौँ : सांसदको तलब भत्ता अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमार्फत जाने भएको छ। संसद् सचिवालयले यस अगाडि निजी बैङ्कमा हुने गरेको कारोबार राष्ट्रिय वाणिज्य बैङ्कबाट गर्ने निर्णय गरेको हो।
अर्थ मन्त्रालयले सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैङ्कबाट गर्न निर्देशन दिएपछि सङ्घीय सांसदले राष्ट्रिय वाणिज्य बैङ्कमा सबै कारोबार गर्ने निर्णय गरेको हो। यस अगाडि सचिवालयको खाता एभरेस्ट बैङ्कमा थियो।
संसद् सचिवालयले २०७७ मङ्सिर १८ मा सरकारी कारोबार गर्ने बैङ्क परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैङ्क मार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो।
सचिवालयले सार्वजनिक गरेको पत्रमा सङ्घीय संसद्को बैठकमा सांसदहरूले पटक-पटक सरकारी खाता निजी बैङ्कमार्फत सञ्चालन गरिएकोमा आवाज उठाएकोमा २०७७ मङ्सिर १८ मै सभामुखले संसद् सचिवालयको कारोबार सरकारी बैङ्कबाट गर्न पत्राचार भए पनि प्राविधिक कारण नभएको उल्लेख गर्दै अब वाणिज्य बैङ्कमार्फत हुने उल्लेख छ।
साउन १७, २०७८ आइतबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।