अर्थ सचिवमा मधु मरासिनी

काठमाडौँ : मधुकुमार मरासिनी अर्थ सचिव भएका छन्। मन्त्रीपरिषद्को बैठकले महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमा सरुवा गरेको हो। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरूको सरुवा गर्दा मरासिनी अर्थमा आएका हुन्।
यसअघिका अर्थ सचिव शिशिरकुमार ढुङ्गाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ।
साउन १७, २०७८ आइतबार १३:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।