तोलामा पाँच सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ तोकिएको छ। गत शुक्रबार यसको मूल्य तोलामा ९२ हजार ९ सय रुपैयाँ कायम थियो।
यस्तै, तेजावी सुन पनि सोही दरमा घटेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ। गत शुक्रबार यसको मूल्य तोलाको ९२ हजार ४ सय रुपैयाँ तोकिएको थियो।
चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य तोलाको १ हजार २ सय ८५ रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
साउन १७, २०७८ आइतबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।