टोकियो ओलम्पिक : जापानलाई उछिन्दै चीनले बनायो पदक तालिकामा अग्रता

काठमाडौं : टोकियो ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम गरेको छ।
ओलम्पिक्सडटकमका अनुसार बिहीबार राति ८ः४५ बजेसम्म (नेपाली समय अनुसार) चीनले जापानले १५ स्वर्णसहित कुल ३१ पदक जितेको छ।
पदक तालिकाको दोस्रोमा जापान छ। जापानले १५ स्वर्णसहित कुल २५ पदक जितेको छ। यसअघि हिजोकाे खेल सकिँदा जापान पदक तालिकाको अग्रस्थानमा थियो।
पदक तालिकाको तेस्रो स्थानमा संयुक्त राज्य अमेरिका छ। उसले १४ स्वर्णसहित कूल ३८ पदक जितेको छ।
अहिलेसम्म ६६ देशले पदक जितेका छन्। तीमध्ये ३९ देशले मात्रै स्वर्ण पदक जित्न सफल भएका छन्। दक्षिण एसियाबाट भारतले मात्रै पदक जित्न सकेको छ। उसले अहिलेसम्म १ रजत पदक जितेको छ।
ओलम्पिक गत शुक्रबार उद्घाटन भएको हो। यसको समापन अगस्ट ८ मा हुँदैछ।
साउन १४, २०७८ बिहीबार २०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।