कञ्चनपुरमा ४२ क्विन्टल चिनी बरामद

धनगढी : कञ्चनपुरमा भारतबाट अवैधरूपमा भित्र्याइएको ४२ क्विन्टल चिनी बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले बिहीबार भीमदत्त नगरपालिका–१, भाँसीबाट उक्त परिणामको चिनी बरामद गरेको हो। प्रहरीले भन्सार छलेर चिनी भित्र्याएको आरोपमा १८ वर्षीय बिक्की गुप्तालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले भन्सार छलेर चिनी भित्र्याएको आरोपमा पक्राउ परेका गुप्ता र बरामद गरिएको चिनी गड्डाचौकी भन्सार कार्यालय बुझाइएको जानकारी दिए।
प्रहरीका अनुसार बरामद गरिएको चिनी दुई लाख ७३ हजार रूपैयाँ बराबरको छ।
साउन १४, २०७८ बिहीबार १६:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।