टोकियो ओलम्पिक : गौरिकाद्वारा राष्ट्रिय कीर्तिमान सुधार

टोकियो ओलम्पिक : गौरिकाद्वारा राष्ट्रिय कीर्तिमान सुधार

टोकियो अक्वाटिक्स सेन्टरमा आज (बुधबार) सम्पन्न पौडीको सय मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन्। 

उनले सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा सम्पन्न १८ औं फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ६२ मिलिसेकन्डको समय निकालेकी थिइन्। 

उनले प्रतियाेगितामा राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि अर्काे चरणमा भने पुग्न सकिनन्। 

कूल ५२ खेलाडी सहभागी उक्त स्पर्धामा उनी ५० औं स्थानमा रहिन्। जसमा उत्कृष्ट १६ सेमिफाइनलमा पुगेका छन्। 

यसअघि हिजो (मंगलबार) नेपालका पौडीबाज अलेक्ज्यान्डर शाहले पनि राष्ट्रिय कीर्तिमान सुधार गरेका थिए। उनले ५३.४१ सेकेन्डको समय निकालेका थिए। 

साउन १३, २०७८ बुधबार १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।