अस्ट्रेलियन ब्रान्डको बिम मिल्क पाउडर नेपालमा

अस्ट्रेलियन ब्रान्डको बिम मिल्क पाउडर नेपालमा

डाक्टर साथीका सेल्स म्यानेजर रामभक्त थपलियाका अनुसार सो मिल्क पाउडर भर्खर जन्मिएकोदेखि २४ महिनासम्मका बच्चाका लागि उपयोगी छर। 

‘डाक्टर साथी हेल्थ केयरले फुड सप्लिमेन्टको रूपमा ‘बिम मिल्क पाउडर’नेपाल भित्राएको हो,’उनले भने, ‘मिल्क पाउडर १२ साउनबाट बजारमा पठाएका छौँ।’

कम्पनीका अनुसार जन्मेदेखि ६ महिनासम्मका बच्चाका लागि ‘न्यूवर्न फर्मुला पाउडर’ ६ देखि १२ महिनासम्मका बच्चाका लागि ‘फर्मुला फलो अन फर्मुला पाउडर’ र १२ देखि २४ महिनासम्मका बच्चाका लागि ‘टोड्लर मिल्क फर्मुला पाउडर’गरी तीन प्रकारका उत्पादन बजारमा ल्याएको छ।

यी पाउडर बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको कम्पनीको भनाइ छ। गुणस्तरीय पोषक तत्त्वको रूपमा बच्चाहरूको तीव्र वृद्धि र विकासमा सहयोग पुर्याउने डा. साथीको भनाइ छ।
डा.साथीले यसअघि अस्ट्रेलियन ब्रान्डकै ‘नुचुरा मिल्क पाउडर’ नेपाल भित्राएको थियो। नुचुरा पाउडर मिल्क जन्मेदेखि ३६ महिनासम्मका बच्चाका लागि उपयोगी थियो। 
 

साउन १२, २०७८ मंगलबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।