टोकियो ओलम्पिक : नेपालका पौडीबाज अलेक्ज्यान्डर पनि पहिलो चरणबाटै बाहिरिए

टोकियोको एक्वेटिक सेन्टरमा आज (मंगलबार) हिट चरणमासम्पन्न पुरुष सय मिटर फ्रिस्टाइल स्पर्धामा उनी हिट चरणबाटै बाहिरिएका हुन्।
७१ खेलाडी सहभागी भएको हिट चरणमा उनी ५९ औं स्थानमा रहे। उनले हिट चरणमा ५३.४१ सेकेन्डको समय निकाले।
हिट चरणका उत्कृष्ट १६ जना सेमिफाइनलमा पुगेका छन्।
अघिल्लो चरणमा नपुगे पनि अलेक्ज्यान्डरले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा भने सुधार गरेका हुन्।
ओलम्पिकमा नेपालबाट सहभागी जनाउने महिला पौडीबाज गौरिका सिंहको प्रतिष्पर्धा भने भोलि छ। उनी महिला सय मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्दै छिन्।
यसअघि सुटिङको सय मिटर एयर राइफलमा कल्पना परियार पनि पहिलो चरणबाटै बाहिरिएकी थिइन्। जुडोको ४८ केजी तौल समूहमा सोनिया भट्ट पनि राउन्ड अफ ३२ बाटै बाहिरिएकी थिइन्।
पुरुष सय मिटर फ्रिस्टाइल हिट चरणकाे नतिजा
साउन १२, २०७८ मंगलबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।