टोकियो ओलम्पिक : अलेक्ज्यान्डरद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

टोकियोको एक्वेटिक सेन्टरमा आज (मंगलबार) सम्पन्न पुरुष सय मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन्।
उनले हिट चरणमा ५३.४१ सेकेन्डको समय निकाले। यसअघि उनले दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ मा ५६.२८ सेकेन्डको कीर्तिमान बनाएका थिए।
७ खेलाडी सहभागी भएको हिट्स–१ मा उनी शीर्ष स्थानमा रहे। आफ्नो हिट्समा शीर्ष स्थानमा रहे पनि उनको अर्काे यात्रा भने हिट चरणका सबै खेलपछि मात्रै टुंगो लाग्नेछ।
७१ खेलाडी सहभागी रहेको हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन्।
साउन १२, २०७८ मंगलबार १६:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।