नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा

साताको कारोबार हुने तेस्रो दिन आज (मंगलबार) नेप्से २९.२४ अंकले बढेर ३०७९.६७ अंकमा पुगेको हो। यो अहिलेसम्मकै उच्च विन्दु हो।
यसअघि गत आइतबार नेप्सेले रेकर्ड कायम गरेको थियो। उक्त दिन नेप्से ३०५८.६३ विन्दुमा पुगेको थियो। नेप्से हिजो (सोमबार) ३०५०.४२ अंकमा रोकिएको थियो।
साताको तेस्रो दिन बैंकिङ, व्यापार, होटेल र पर्यटन तथा माइक्रोफाइनान्स समूहको परिसूचक घटेको छ। यस्तै, उत्पादन तथा प्रशोधन, जलविद्युत समूहलगायतको परिसूचक बढेको छ।
उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.७४ र जलविद्युत समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ।
मंगलबार २ सय २५ कम्पनीको १ लाख ४१ हजार ६ सय ५२ कारोबार भएकोमा ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयर किनबेच भएको छ।
यस दिन कुल १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रूपैयाँ बराबरको कारोबार भएको छ।
साउन १२, २०७८ मंगलबार १६:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।