नेपालका पौडी खेलाडी अलेक्ज्यान्डरले ओलम्पिकमा आज प्रतिष्पर्धा गर्दै 

नेपालका पौडी खेलाडी अलेक्ज्यान्डरले ओलम्पिकमा आज प्रतिष्पर्धा गर्दै 
तस्बिर : अलेक्ज्यान्डर शाहकाे फेसबुकबाट।

उनले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। 

उनको हिटमा भुटान, माल्दिभ्स, कोसोभो, गुएना, प्यालेस्टाइन र सोलोमन आइल्यान्डका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। 

पौडीकी अर्की खेलाडी गौरिका सिंहको प्रतिष्पर्धा भने भोलि छ। उनी महिला १०० सय फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्न लागेकी हुन्। 

जापानकाे राजधानी टाेकियाेमा गत शुक्रबार ओलम्पिक उद्घाटन भएकाे हाे। विश्व खेलकुदकाे महाकुम्भ मानिने उक्त प्रतियाेगिता अगस्ट ८ मा सकिँदै छ। 

साउन १२, २०७८ मंगलबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।