कैलालीमा साढे ५ किलो चरेससहित दुईजना पक्राउ

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, मसुरियाबाट खटिएको संयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट चरेससहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–११ बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका–६का ३५ वर्षीय धनबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले जानकारी दिए।
उनीहरूको साथबाट एक लाख २० हजार रूपैयाँसमेत बरामद गरिएको विष्टले बताए। दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साउन १२, २०७८ मंगलबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।