टोकियो ओलम्पिक अपडेट : जापान पदक तालिकाको शीर्ष स्थानमा, अमेरिका पछ्याउँदै

टोकियो ओलम्पिक अपडेट : जापान पदक तालिकाको शीर्ष स्थानमा, अमेरिका पछ्याउँदै

ओलम्पिकडटकमका अनुसार सोमबार राति ८ः२५ बजेसम्म (नेपाली समय अनुसार) जापानले ८ स्वर्णसहित कुल १३ पदक जितेको छ। उसलाई संयुक्त राज्य अमेरिकाले पछ्याइरहेको छ। अमेरिकाले ७ स्वर्णसहित कुल १४ पदक जितेको छ। 

पदक तालिकाको तेस्रो स्थानमा चीन छ। उसले ६ स्वर्णसहित कुल १८ पदक जितेको छ। 

अहिलेसम्म ४६ देशले पदक जितेका छन्। तीमध्ये २३ देशले मात्रै स्वर्ण पदक जितेका छन्। यस्तै, कास्य पदक मात्रै जित्ने देशको संख्या १२ छ। 

दक्षिण एसियाबाट भारतले मात्रै पदक जित्न सकेको छ। उसले अहिलेसम्म १ रजत पदक जितेको छ। 

गत शुक्रबार उद्घाटन भएको ओलम्पिक अगस्ट ८ मा समापन हुँदैछ। 
 

साउन ११, २०७८ सोमबार २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।