नेप्सेमा सामान्य करेक्सन

नेप्सेमा सामान्य करेक्सन

काठमाडौं : यस साताको पहिलो कारोबारको दिन उछाल आएको नेप्से दोस्रो दिनमा भने सामान्य करेक्सन भएको छ। आइतबारको नेप्से परिसूचकमा आज ८.२४ अंकले करेक्सन देखिएको हो।

यो दिन १ सय १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ। साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।

यो दिन ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता सेयर १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रूपैयाँमा कारोबार भएको छ।
हिजो आइतबार ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने सोमबार ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

आज सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा ग्रिनलाइफ हाइड्रोपावर, जानकी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माउण्टेन हाइड्रोपावर नेपाल लिमिटेड र विशाल बजार कम्पनी छन्।

त्यसैगरी, न्याग्दी ग्रुप पावर, हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा पनि ९.९९ प्रतिशतले बढेकाे देखिएको छ।

साउन ११, २०७८ सोमबार १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।