शाहिद अफ्रिदीले काठमाडौं किंग्सबाट इपिएल खेल्ने 

शाहिद अफ्रिदीले काठमाडौं किंग्सबाट इपिएल खेल्ने 

काठमाडौं : पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

उनी आगामी असोज ९ गतेदेखि २३ सम्म आयोजना हुन लागेको चौथो संस्करणको इपिएलमा काठमाडौं किंग्स इलाभेनबाट खेल्ने भएका हुन्।

काठमाडौं किंग्सले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विदेशी खेलाडीका रूपमा शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको जानकारी दिइएको छ। 

अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। 

साउन ११, २०७८ सोमबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।