खैरो हेरोइनसहित धनगढीबाट युवक पक्राउ 

खैरो हेरोइनसहित धनगढीबाट युवक पक्राउ 

पक्राउ पर्नेमा धनगढी घर भएका २१ वर्षीय शैलेस अवस्थी छन्।

उनको साथबाट २ सय ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टले  जानकारी दिए।

बुधवार साँझ पक्राउ परेका अवस्थीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन ७, २०७८ बिहीबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।