कैलालीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी : कैलालीमा थप ४२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९७ जनाको कोरोना परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्। जसमध्ये १ जना संक्रमित आइसियुमा रहेको उनले बताए।
यस्तै पछिल्लो २४ घण्टामा ५ बिरामी अस्पतालमा भर्ना भएका छन् भने ४ जना संक्रमित निको भएर घर फर्किएका छन्।
साउन ५, २०७८ मंगलबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।